२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीसहित तीन कर्मचारी विरुद्ध मुद्दा

अ+ अ-

बलेवा । झुटो विवरण पेश गरेर नागरिकता बनाउनेको कागजात राम्रोसँग जाँच नगरेकोे भन्दै बागलुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीसहित थप तीन कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

गिरी हाल मनाङमा प्रमुख जिल्ला अधिकारी छन् । नागरिकता दिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिकताको फाँटवाला नासु विष्णुप्रसाद शर्माविरुद्ध पनि मुद्दा परेको अदालतले जनाइएको छ ।

झुटो विवरण पेश गरेर नागरिकता बनाउने बागलुङ नगरपालिका वडा नं ६ का पंकज सापकोटा यसअघि नै पक्राउ परेका थिए । उनीसहित अन्य दुई पक्राउ परेका थिए भने वडाध्यक्षसहितका तीन फरार छन् । सापकोटाले वडा नं ४ को झुटो विवरण पेश गरेर नागरिकता बनाएपछि अदालतमा मुद्दा परेको थियो ।

सापकोटाले ईश्वर आचार्य नाम देखाएर नागरिकता बनाएको भेटिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सापकोटासहितलाई प्रतिवादी बनाएर मुद्दा दिएको थियो । उक्त मुद्दामा पक्राउ परेका तीन जनालाई जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गरेको छ । शुक्रबार भएको थुनछेकको बहसपछि जिल्ला अदालतको आदेशमा उनीहरु धरौटीमा छुटेका हुन् ।

उक्त मुद्दामा वडा नं ४ का अध्यक्ष धु्रवबहादुर केसीसहित वडासचिव प्रेमबहादुर खड्का, नागरिकता बनाउने सापकोटा, उनका काका नाता लगाएर सनाखत गरेका सन्तोष आचार्य, प्रमाणपत्र दिने शिक्षकलगायतलाई अदालतले तीन साताअघि पक्राउ आदेश दिएको थियो । प्रहरीले सापकोटासहित आचार्य र वडासचिव खड्कालाई मात्र पक्राउ गरेको थियो । वडाध्यक्ष केसीसहितका अन्य व्यक्ति भने फरार छन् ।

जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले शुक्रबार उनीहरुलाई धरौटीमा रिहा गरेको हो । झुटो विवरण पेश गरेर नागरिकता लिने सापकोटा नागरिकता लिएकामा रु ५० हजार र राहदानी लिएकामा ६० हजार गरी एक लाख १० हजार धरौटीमा छुटेका छन् । त्यस्तै काका नाता बनाएर सनाखत गर्ने आचार्यलाई रु ३० हजार धरौटीमा छुटाउने आदेश दिइएको हो । वडासचिव खड्कालाई भने शुद्ध तारेखमा छुटाइएको हो