ओली खुमलटारमा, दुई अध्यक्षबीच छलफल जारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ओली खुमलटारमा, दुई अध्यक्षबीच छलफल जारी


४ पुस २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन्। अहिले अध्यक्षद्वयबीच छलफल जारी छ ।

खुमलटारमा अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच छलफल भइरहेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टीभित्र विवाद जारी रहेका बेला अध्यक्षद्वयबीच भेटवार्ता भने जारी नै छ । पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस