मालपोत अधिकृत खड्कासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मालपोत अधिकृत खड्कासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर


२ पुस २०७७, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्कासहित ४ जनामाथि भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

आयोगले आज मालपोत अधिकृत नरेश कुमार खड्का, मुद्दा फाँटका ना.सु. केशवराज अधिकारी, मोठफाँटका ना.सु. पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेमाथि जनही बिगो तीन लाख २० हजार रुपैयाँ कायम गरी घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो ।

मालपोत कार्यालयका मालपोत अधिकृत खड्काको योजनाअनुरुप ना.सु. अधिकारी, गिरीको सेटिङमा कार्यालय सहयोगी गैरेमार्फत सेवाग्राहीलाई घुसमाग्न लगाइएको सूचनाका आधारमा उनीहरुलाई तीन लाख २० हजार घुसररिसवत बापतको रकम लिएको अवस्थामा आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजलाई नियन्त्रणमा लिएको थियो ।

मालपोतका चार जना कर्मचारी मिलेर सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने काम अगाडि बढेकोमा अन्त्यमा गरिने स्थलगत सर्जमिन गर्ने काम अड्काई मोलमोलाई गरेर सो रकम भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।

निजहरुको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर भएकोले निजहरु खड्का, अधिकारी, गिरी र गैरेलाई जनही तीन लाख २० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस