भोलि संवैधानिक परिषद्को बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भोलि संवैधानिक परिषद्को बैठक बस्दै


२९ मंसिर २०७७, सोमबार


संविधान दिवस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक भने प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेको थिएन ।

देउवा र सापकोटा नआएपछि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच केही बेर अनौपचारिक कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले भोलि फेरि बैठक बोलाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतमा ४५ पद रिक्त छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस