आचरण विपरित काम गर्ने कर्मचारीलाई निर्ममता पुर्वक कार्वाही हुने गृहसचिवको चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आचरण विपरित काम गर्ने कर्मचारीलाई निर्ममता पुर्वक कार्वाही हुने गृहसचिवको चेतावनी


२८ मंसिर २०७७, आइतबार


रौतहट । गृहसचिव महेश्वर न्यौपानेले आचरण विपरित काम गर्ने जोकोही कर्मचारीलाई कार्वाही गर्न निर्मम हुने चेतावनी दिएका छन् । सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उदघाटन समारोहलाई सम्बोधन गर्दै सचिव न्यौपानेले उक्त चेतावनी दिएका हुन् ।

उनले विकास आयोजनाका गतिविधिमाथि पनि नजर राख्न र समयमा काम भए नभएको अनुगमन गरि कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए । राज्यबाट ठुला विकास आयोजनाहरुको ठेक्का लिने र मोबिलाइजेसनको पैसा लिएर ठेकेदार फरार हुने गरेको अवस्था रहेकोले त्यसविरुद्ध पनि प्रहरी प्रशासन लाग्नुपर्ने उनको तर्क छ । रौतहट लगायत प्रदेश २ का अन्य जिल्लाहरुमा समेत अपराधका घटनाहरु बढेको भन्दैै त्यस्ता घटना हुन नदिन राज्य निर्मम ढंगले अगाडि बढ्ने उनले बताए ।

सचिव न्यौपानेले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या अस्थायी मात्रै रहेको बताउँदै त्यसको व्यवस्थापनमा समेत राज्य लागिरहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका सिडिओ इन्द्रदेव यादवले एक अर्काबीचको समन्वयले गर्दा जिल्लामा ठुला ठुला कामहरु गर्न सकिएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस