सामान्य बदली र हल्का वर्षाको सम्भावना « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सामान्य बदली र हल्का वर्षाको सम्भावना


प्रशासन संवाददाता

२८ मंसिर २०७७, आइतबार


काठमाडौँ। आज देशका विभिन्न स्थानमा बदली रही पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले प्रदेश नं १, ३ का केहि भू–भागमा आंशिक बदली रहेको छ । देशमा पश्चिमी वायुको आंशिक प्रभावले बदली भइरहेको हो ।

आज दिउँसो प्रदेश नं १, ३, तथा सुदूर पश्चिम प्रदेशका केही भूभागमा आंशिक बदली रहने छ । यस्तै राती प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । ।

तराईका अधिकांश भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस