“प्रशासन र व्यवस्थापन” बजारमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

“प्रशासन र व्यवस्थापन” बजारमा


२५ मंसिर २०७७, बिहिबार


काठमाडौँ । लोक सेवा आयोगद्वारा लिने प्राविधिक तर्फको सहसचिव तथा उपसचिवको तयारीमा रहेका प्रतिस्प्रर्धीकालागि बजारमा नयाँ पुस्तक आई पुगेको छ ।

पछिल्लो पाठ्यक्रममा आधारित रहेर डा। टोकराज पाण्डे तथा नरेन्द्र बहादुर खातीद्वारा संयुक्त रूपमा तयार पारिएको प्रशासन र व्यवस्थापन पुस्तक आजबाट बजारमा आएको हो । बजारमा यस प्रकृतिका सामाग्रीको अभाव रहेका समयमा पुस्तक बजारमा आएको हो ।

पुस्तक प्रथम पत्रको प्रथम खण्डको पाठ्यक्रममा पूर्ण रूपमा केन्द्रित रहेको छ । पुस्तकमा सम्भाव्य नमुना प्रश्नोत्तर समावेश गरिएको छ । पुस्तकमा सबै प्रश्न र उत्तरहरू तोकिएकै समयमा लेख्न सकिने गरी निर्धारित फम्र्याटमा तयार पारिएको छ ।

सिम्प्लीसिटी इज द वेस्ट’ भन्ने मान्यतामा लेखिएकाले पढ्न, बुझ्न र त्यसै अनुसार परीक्षामा लेख्न समेत सहज हुने गरी पुस्तक तयार भएको लेखकद्वयको भनाई छ । फरम्याटका आधारमा लेखिएकोले पनि सहसचिव तथा उपसचिवको परीक्षामा उत्तीर्ण हुन सफल हुने उनीहरूको भनाई छ ।

ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको पुस्तक ४ सय ९० पेज लामो रहेको छ । पुस्तक पाठ्यक्रममा आधारित रहेकाले अन्य पाठ्यसामग्री खोजी रहन नपर्ने प्रकाशकले जनाएका छन् ।

पुस्तकमा सन् २०२० र २०१९ मा नेपालका आर्थिक सामाजिक अवस्था र परिसूचकहरूसँग चालु बजेट, पन्ध्रौँ योजना, पछिल्लो आर्थिक सर्वेक्षण लगायतका सरकारी प्रकाशनका मुख्य विषयहरू समेटिएको छ । सम्भाव्य इस्युहरू समेटिएको पुस्तक लोक सेवा आयोगको सबै तहको परीक्षाको तयारीमा रहनेकालागि एवं व्यवस्थापन विषयमा चासो राख्ने सबैका लागि मार्गदर्शक हुने प्रकाशकको दाबी छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस