मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते


२५ मंसिर २०७७, बिहिबार


पाँचथर । मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा हिलिहाङ-१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ-२ की अन्दाजी २० वर्षीया मुना पाख्रिन रहेकी छिन् । मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे४प ८९४ नंको मोटरसाइकलसहित उनीहरुलाई स्थानीयवासीले आज बिहान फेला पारेका थिए ।

प्रहरी र स्थानीयवासीले दुवैलाई उद्धार गरी जिल्ला अस्पताल ल्याएकामा कालिकोटेलाई चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते भएकी पाख्रिनलाई थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झरेको प्रहरीको अनुमान छ । मोटरसाइकल सडकबाट करिब ३० मिटर तल झरेको पाइएको छ । मध्यरात दुर्घटना भएको स्थानीयवासीको अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस