ऐतिहासिक गलकोट कोतघर संरक्षण गरिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ऐतिहासिक गलकोट कोतघर संरक्षण गरिने


२४ मंसिर २०७७, बुधबार


बागलुङ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ऐतिहासिक गलकोट कोतघरको संरक्षण र विकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गलकोट नगरपालिका-३ स्थित ऐतिहासिक गलकोट कोतघरको अवलोकनपछि आज उनले पर्यटनको विकासका लागि सरकारले पूर्वाधार बनाउने, निजी क्षेत्रले लगानी गर्ने र नागरिक समाजले सकारात्मक प्रचार गर्नुपर्ने बताए ।

‘खोप आएर कोभिड व्यवस्थापन हुनासाथ विदेशी पर्यटक घुम्नका लागि नेपाल आउन चाहन्छन्, त्यो अवसर छोपौँ, पूर्वाधार बनाऔँ’, मन्त्री लम्सालले भने । मन्त्री लम्सालले बागलुङको पर्यटनले फड्को मार्ने गरी योजना अघि बढाइने पनि बताए । उनले सहस्रधारा झरना र ऐतिहासिक गलकोट दरबारसमेत अवलोकन गरेका थिए । मन्त्री लम्सालले आजै गलकोट कोभिड-१९ अस्थायी अस्पताल र नगर अस्पतालको पनि उद्घाटन गरेका छन्। वडा नं ५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा स्तरोन्नति गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस