मोटरसाइकल र ट्याङकर आपसमा ठोक्किदा एक जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोटरसाइकल र ट्याङकर आपसमा ठोक्किदा एक जनाको मृत्यु


२४ मंसिर २०७७, बुधबार


बस दुर्घटना

काठमाडौँ । चितवनमा तेल बोक्ने ट्याङकर र मोटरसाइकललाई आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ना।४१ प ९८६२ नम्बरको मोटरसाइकल चालक खैरहनी नगरपालिका-६ बस्ने २२ वर्षीय अब्जल देवान रहेका छन् । खैरेहनी नगरपालिका-९ स्थित नमुना पेट्रोलपम्प नजिकैको सडकमा लु।१ ख ६५८१ नम्बरको ट्याङकरले उनी सवार मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याङकर र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस