कार्यालय प्रमुख घूस रकमसहित पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कार्यालय प्रमुख घूस रकमसहित पक्राउ


२३ मंसिर २०७७, मंगलबार


पक्राउ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र आँबुखैरेनी शाखा कार्यालयका प्रमुख कृष्णबहादुर आले मगर घूस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलवार ५ हजार घूस रकमसहित कार्यकक्षबाट रङ्गे हात पक्राउ गरेको हो ।

बिजुलीको पोल मर्मतपश्चात् बिलबाहेक अतिरिक्त रकम माग गरेपछि गाडीवालाले पाँच हजार रुपैयाँ दिँदै गरेको अवस्थामा उनी समातिएको आयोग स्रोतले बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस