सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, अब ८८४८.८६ मिटर कायम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, अब ८८४८.८६ मिटर कायम


२३ मंसिर २०७७, मंगलबार


काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सार्वजनिक भएको छ। सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।

मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन्।

यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो। अहिले ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।

दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन्। करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो। यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस