२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकांश हातहतियारको नवीकरण छैन

अ+ अ-

वाग्मती । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा अनुमतिप्राप्त कूल ६४ वटा हातहतियार दर्ता छन् ।

कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म दर्ता गरिएका हातहतियारको सङ्ख्या ६४ देखिएको हो । तीमध्ये सबैभन्दा बढी २२ बोरको राइफल १८ थान छन् ।

कार्यालयका अनुसार अधिकांश हातहतियार आर्थिक वर्ष २०७७/७८ सम्म पूर्णरूपमा नवीकरण गरिएको पाइएको छैन । कूल ६४ हातहतियारमध्ये १२ हातहतियारको आर्थिक २०७७/७८ सम्मको नवीकरण गरिएको छ भने अधिकाश हातहतियार नवीकरण गरिएको छैन ।

तथ्याङ्कअनुसार अधिकांश हातहतियार वर्षौँदेखि नवीकरण भएको देखिँदैन । समय–समयमा हातहतियार नवीकरण गर्न हातहतियार दर्तावालाले आवश्यक प्रक्रिया पूरा गर्न नआउँदा लामो समयदेखि हातहतियार नवीकरण नगर्नेको सङ्ख्या धैरै देखिएको हो ।

चौँसठ्ठी हातहतियारमध्ये १२ बोर दुईनाले बन्दुक सात थान, १२ बोर दुईनाले टोटावाल बन्दुक एक थान, २२ बोरको बन्दुक पाँच थान, एकनाले १२ बोरको टोटावाला बन्दुक एक थान, भरुवा एकनाले बन्दुक एक थान, हावादारी बन्दुक पाँच थान, १२ बोरको एकनाले स्वचालित एक थान, १२ बोरको दुईनाले बन्दुक एक थान छन् ।

यसैगरी तथ्याङ्कअनुसार भरुवा एकनाले एक थान, २२ बोर टुटु राइफल एक थान, १२ बारेको एकनाले बन्दुक दुई थान, स्पिङ्ग फिल्डको राइफल एक थान, इण्डियन १२ बोरको दुईनाले छर्रावाला बन्दुक एक थान, १२ बोरको दुईनाले बन्दुक चार थान, १२ बोरको बन्दुक एक थान, भरुवा बन्दुक पाँच थान, १६ बोरको दुईनाले बन्दुक एक थान, एकनाले बन्दुक एक थान, २२ बोरको एकनाले बन्दुक तीन थान, २२ बोरको टुटु एकनाले बन्दुक दुई थान र टुटु एक थान रहेका छन् ।