मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न


२२ मंसिर २०७७, सोमबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्तर्गतका निकायहरुको आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिको समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ ।

आइतबार आयोजित कार्यक्रममा मन्त्रालयका योजना महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद ढुंगेलले एकिकृत प्रस्तुति राखेका थिए भने केही विभागीय तथा महाशाखा प्रमुखले आआफ्नो कार्यक्षेत्रमा भएका काम र रहेका चुनौति सम्वन्धमा थप प्रष्ट पारेका थिए ।

सचिवहरु र राष्ट्रिय योजना आयोगका सदस्यले वजेट विनियोजन क्षमता बढ्दै गएको र कोभिड-१९ महामारीका बावजुद कार्यविधि निर्माण एवं खरिदको तयारी गर्न पहिलो चौमासिक सफल रहेको बताए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राजनैतिक क्षेत्रमा आउने हलचलको प्रभाव प्रशासनिक क्षेत्रमा पर्न नहुने बताए । उनले कर्मचारीले आआफ्नो जिम्मेवारीलाई कार्यालय समयमा मात्र नभई १२ घण्टासम्म खटेर गतिलो नतिजा दिन सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्रालयका उच्च अधिकारीका साथै राष्ट्रिय योजना आयोगका उद्योग वाणिज्य क्षेत्र हेर्ने सदस्य, अर्थ मन्त्रालयका प्रतिनिधि, मन्त्रालयअन्तर्गतका विभाग, संस्थान, कम्पनी, वोर्डका प्रमुखको समेत सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस