सगरमाथाको उचाइ भोलि सार्वजनिक गरिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सगरमाथाको उचाइ भोलि सार्वजनिक गरिने


२१ मंसिर २०७७, आइतबार


काठमाडौँ। सरकारले सगरमाथाको नयाँ उचाई सार्वाजनिक गर्ने भएको छ । भोली (सोमबार) एक समारोहका बीच सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागेको हो ।

यस अघि विदेशी टोलीसमेतको सहभागितामा सगरमाथाको उचाइ नाप्ने काम भएको भए पनि यसपटक भने नेपाली प्राविधिक टोलीले नै सगरमाथाको उचाइ नापेको विभागका महानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए ।

सगरमाथाको उचाइ मापनको क्रममा लेबलिङ, ग्रेभिटी, सगरमाथाको शिखरको जीपीएस अबजर्भेसन, तथ्याङ्कहरूको प्रोसेसिङ गर्ने तथा त्रुटिहरूलाई हटाउने काम सम्पन्न भइसकेको छ ।
सगरमाथाको उचाइ नाप्ने कामका लागि नापी विभागका कर्मचारीले सगरमाथाको शिखरमा पुगेर तथ्याङहरू संकलन गरेका थिए ।

यसअघि विभिन्न देशले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए। पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ मिटर हालसम्म कायम छ।

Tags :
प्रतिक्रिया दिनुहोस