प्रहरीको पेस्तोल खोसेर तस्कर समूहले चलायो गोली, एक घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रहरीको पेस्तोल खोसेर तस्कर समूहले चलायो गोली, एक घाइते


२१ मंसिर २०७७, आइतबार


बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा आइतबार बिहान गोली चल्दा एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित कलश होटलमा तस्कर समूहले प्रहरीको पेस्तोल खोसेर गाली चलाएको बताइएको छ ।

राजमार्ग चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गैंडाको खाग तस्कर समूहले प्रहरीको पेस्तोल खोसेर गोली चलाउँदा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ। उनको पहिचान भइसकेको छैन। उनको चिउडोमा गोली लागेको छ। पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेको प्रहरीले जानकरी दिएको छ ।

होटलमा बसेकाहरूले खाग तस्करी गरेको सुराकीको आधारमा गएको प्रहरीकै पेस्तोल खोसेर हानेको गोलीले तस्कर समूहकै एकजना घाइते भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीले होटलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना होटलको कोठाबाट हाम फालेर फरार भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस