चीनको कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ मजदुरको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चीनको कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ मजदुरको मृत्यु


एजेन्सी

२० मंसिर २०७७, शनिबार


बेइजिङ । दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ ।

चिनको सरकारी टेलिभिजनले दिएको जानकारी अनुसार दुई महिना देखि बन्द रहेको खानीमा भुमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएर दुर्घटना भएको थियो ।

शुक्रवार चुङ्चिङस्थितमा भएको उक्त खानीमा कार्बन मनक्साइड चुहिएको थियो। सीसीटीभीका अनुसार डियाशुइडोङ खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको थियो।

सीसीटीभीका अनुसार खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ।

उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्। सुरक्षासम्बन्धी नियम पालना नगरिने भएकाले चीनका खानीमा प्रायः दुर्घटनाहरू भइरहन्छन्।

गत सेप्टेम्बर महिनामा चुङ्चिङस्थित अर्को खानीमा आगो लाग्दा १६ जनाको मृत्यु भएको थियो। गत वर्ष डिसेम्बरमा ग्वेजो प्रान्तस्थित अर्को कोइलाखानीमा विस्फोटनहुँदा १४ जनाको मृत्यु भएको थियो।

 

Tags :
प्रतिक्रिया दिनुहोस