कोरोना संक्रमित प्रदेश १ प्रमुख अधिकारीलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना संक्रमित प्रदेश १ प्रमुख अधिकारीलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो


२० मंसिर २०७७, शनिबार


काठमाडौँ । कोरोना संक्रमित प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। शरीरमा अक्सिजन कम देखिएपछि शुक्रबार अपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो ।

प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।

प्रदेश प्रमुख अधिकारीमा यही मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता उनी विराटनगरस्थित निवासमा बस्दै आएका थिए ।

२०७३ सालमा त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको मुटुको ओपन हर्ट सर्जरी गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस