नोभेम्बरमा अमेरिकामा दुई लाख ४५ हजार रोजगारी थपिए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नोभेम्बरमा अमेरिकामा दुई लाख ४५ हजार रोजगारी थपिए


एजेन्सी

२० मंसिर २०७७, शनिबार


वासिङ्टन । कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा परिरहेको प्रभाबका कारण अमेरिकी रोजगारी दरमा अपेक्षाकृत सुधार आउन नसकेको यहाँको श्रम मन्त्रालयले शुक्रवार जनाएको छ ।

विश्लेषकहरूले अपेक्षा गरेकोभन्दा श्रम बजार सुधार दर सुस्त देखिएको तर यसलाई महामारी नियन्त्रणमा आएसँगै सहजै सुधार गर्न सकिने प्रशस्त आधारहरू रहेका जनाएका छन् ।

नोभेम्बरमा बेरोजगारी दर अघिल्लो महिनाभन्दा करिब ०.२ प्रतिशतले कमी आएको हो । अक्टोभरमा ६.९ प्रतिशत कायम भएको वेरोजगारी दर नोभेम्बरमा घटेर ६.७ पुगेको अमेरिकी श्रम बजार विश्लेषकहरूले बताएका छन् । महामारीको प्रभाबसँगै ठूलो सङ्ख्या अर्थात् एक करोड ७० लाख श्रमिक बेरोजगार बनेका थिए ।

अमेरिकामा नोभेम्बरमा लामो समय अर्थात् २७ हप्ताभन्दा बढी बेरोजगार हुनेको सङ्ख्यामा तीन लाख ८५ हजारले वृद्धि भई कूल ३९ लाखभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस