३५ हजार घुससहित सशस्त्र प्रहरी अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३५ हजार घुससहित सशस्त्र प्रहरी अख्तियारको नियन्त्रणमा


१९ मंसिर २०७७, शुक्रबार


वुटवल । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बिओपी) कपिलवस्तु कृष्णनगरका एक सहायक हवल्दारलाई नियन्त्रणमा लिइएको छ ।

बोर्डर आउट पोष्टमा खटिएका लिलबहादुर गुरुङलाई सेवाग्राहीबाट ३५ हजार घुस लिदै गरेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी गराए।

घरायसी सामान ओसार(पसारमा सहजीकरण गरिदिएबापत सेवाग्राहीबाट ३५ हजार घुस माग गरिरहेको भन्ने उजुरी तथा सूचनाको आधारमा हवल्दार गुरुङलाई नियन्त्रणमा लिएको हो।

सूचना अधिकारी सुरेश भुसालका अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ गोलघरस्थित मिलन रेष्टुरेण्ट एण्ड दुर्गा गेष्ट रंगेहात नियन्त्रणमा लिइएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस