प्रदेश २ का मुख्यमन्त्रीको फेसबुक पेज ह्याक « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

प्रदेश २ का मुख्यमन्त्रीको फेसबुक पेज ह्याक


१९ मंसिर २०७७, शुक्रबार


जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ

शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो। मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगलको तस्बिर राखिएको छ।

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रको अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको हो ।

‘मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान-बिहानै अनावश्यक कुराहरू पोस्ट भएको पायौं’ राउतका प्रेस संयोजक आतिश मिश्रले भने, ह्याक कहाँबाट र कसरी भएको हो भन्नेबारे छानबिन हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस