सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ४ मजदुर घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ४ मजदुर घाइते


१९ मंसिर २०७७, शुक्रबार


उदयपुर । उदयपुरको कटारी नगरपालिका-८ स्थित सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा बम विस्फोट हुँदा ४ मजदुर घाइते भएका छन् । खानीमा बिहीबार राति १२ बजे चारपटक विस्फोट भएको हो ।

रातको समयमा चारवटा बम एकैसाथ पड्किँदा मजदुरहरूबीच भागाभाग मच्चिएको थियो । घटनास्थलमा शंकास्पद वस्तु अरू पनि देखिएपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए ।

घाइते हुनेमा कटारी नगरपालिका–८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडानं ७ का २३ वर्षीय नवीन मगर, उदयपुरगढी गाउँपालिका–२ का दुर्गा तामाङ र मकवानपुरका ३० वर्षीय सागर मोक्तान छन् ।

भण्डारीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ । उनीहरू कटारी अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । बम कसले राखेको भन्ने खुलिनसकेको पनि भण्डारीले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस