पेमनारायण कँडेल सचिवमा बढुवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पेमनारायण कँडेल सचिवमा बढुवा


१८ मंसिर २०७७, बिहिबार


काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव पेमनारायण कडेललाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी गराए ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सचिवत्रय डा। कृष्ण प्रसाद आचार्य, पेमनारायण कँडेल र निरु दाहाल पाण्डेको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : कृषि सेवाको रिक्त एक सचिव पदमा तीन जनाको नाम सिफारिस

डा. आचार्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका सचिव छन् भने कँडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक र पाण्डे प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा कार्यरत छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस