लाइसेन्सको अनलाइन फारम खोल्ने तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लाइसेन्सको अनलाइन फारम खोल्ने तयारी


१८ मंसिर २०७७, बिहिबार


काठमाडौँ । यातायात व्यवस्था कार्यालयहरुले चालक अनुमतिपत्र (लाइसेन्स) को फर्म खोल्ने तयारी गरेका छन्।

यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको छ । विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला गर्न लागिएको जनाएको हो ।

कोरोना महामारीसँगै बन्द भएको लाइसेन्सको वितरणको कार्य पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले प्रदेश मातहतका कार्यालयलाई आग्रह गरेको हो।

विभिन्न किसिमको चालक अनुमतिपत्र लिनका लागि हजारौं व्यक्ति प्रतिक्षारत छन्।

उनीहरुले चाँडो परीक्षा सञ्चालन गर्न दबाब दिँदै आएका छन्। विभागले प्रदेशका यातायात मन्त्रालयले निर्णय गरे बमोजिम हुने भएकाले सम्बन्धित कार्यालयमै सम्पर्क गरेर फर्म खुल्ने मितिबारे जानकारी लिन आग्रह गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस