रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको मोटरेबल पुल उद्घाटन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको मोटरेबल पुल उद्घाटन


१८ मंसिर २०७७, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ व्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गरेका छन् । पौडेलले रिबन काटेर पुल उद्घाटन गरेका हुन् ।

पौडेलसँगै पुल उद्घाटन कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्यहरु शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टराइ, कांग्रेस गण्डकी प्रदेशका विपक्षी दलका नेता गणेशचन्द्रलगायत नेपाली कांग्रेसका सयौं कार्यकर्ता सहभागी छन् ।

सत्तारुढ दल नेकपाले बुधबार पुल उद्घाटनविरुद्ध प्रदर्शन गरेको थियो । बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो । बिहिबार भने कुनै पनि किसीमको अवरोध गरेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस