सवारी चालक अनुमति पत्रका लागि सातै प्रदेशमा अनलाइन फारम खुल्ला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सवारी चालक अनुमति पत्रका लागि सातै प्रदेशमा अनलाइन फारम खुल्ला


१७ मंसिर २०७७, बुधबार


काठमाडौँ । सरकारले सातै प्रदेशमा सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन खुलाएको छ।

बुधवार यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइनमार्फत आवेदन खुला गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागका अनुसार चालक अनुमति पत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिनेछ।

यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरूमा सम्पर्क गरी आवेदन दिन सक्ने जनाइएको छ।

त्यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस