केन्द्र निर्धारणको खुसीयाली भन्दै गाउँपालिकाद्वारा सार्वजनिक बिदाको घोषणा ! « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

केन्द्र निर्धारणको खुसीयाली भन्दै गाउँपालिकाद्वारा सार्वजनिक बिदाको घोषणा !


१७ मंसिर २०७७, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेशस्थित एक गाउँपालिकाले गाउँपालिकाको केन्द्र निर्धारण गरेको उपलक्षमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

इस्मा गाउँपालिकाको कार्यालयले विशेष गाउँ सभाको बैठकबाट दुई तिहाइ बहुमतले गाउँपालिकाको केन्द्र निर्धारण गरेको सुखद उपलक्षमा भन्दै भोलि बिहीबार गाउँपालिका क्षेत्रभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतद्वारा जारी सूचनामा भनिएको छ ‘यस गाउँपालिका भित्रका सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य संस्था, सार्वजनिक सङ्घ संस्था, वडा कार्यालय तथा गाउँपालिकाको कार्यालय बिदा गर्ने र साँझ घरघरमा दीप प्रज्वलन गरी खुसीयाली आदान प्रदान गर्ने निर्णय भए बमोजिम सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ ।’

आफूहरूलाई गाउँको सिंहदरबार जनाउने स्थानीय तहहरूले अचम्म अचम्मका निर्णय गर्दै आई रहेका छन् । अवकाशप्राप्त कार्यालय सहयोगीको निधनमा सार्वजनिक बिदा दिने प्रदेश नं. १ स्थित भोक्राहा नरसिंह गाउँपालिकाको निर्णय होस् या बहुसङ्ख्यक इसाई धर्मावलम्बी रहेको भन्दै क्रिसमसको सार्वजनिक बिदा दिने मकवानपुरको राक्सिराङ्ग गाउँपालिका नै किन नहोस् मन खुसी सार्वजनिक बिदाको घोषणा गरिँदै आएको देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस