बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु


१७ मंसिर २०७७, बुधबार


रुपन्देही । बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना७ख १३३९ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु४९प २५२ नंको स्कुटरलाई आज मध्याह्नमा ठक्कर दिँदा बुटवल–८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस