एन्टिजिनमा आधारित परीक्षण प्रणालीद्धारा कोरोना परीक्षण सूरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एन्टिजिनमा आधारित परीक्षण प्रणालीद्धारा कोरोना परीक्षण सूरु


१७ मंसिर २०७७, बुधबार


डाक्टर

काठमाडौँ । सरकारले कोभिड-१९ संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौँ उपत्यकामा परीक्षण शुरु भएको हो ।

गत सोमबारदेखि शुरु गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा उपत्यकाका ३ हजार व्यक्तिमा एन्टिजिन परीक्षण गरिने छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक कोशलचन्द्र सुवेदीले काठमाडौँ उपत्यका भित्रका बढी संक्रमण देखिएको ६ वटा वडामा ३ हजार नमूना लिएर परीक्षण गर्न लागिएको बताए ।

मन्त्रालयबाट स्वीकृत भएअनुसार ५ सयभन्दा बढी संक्रमित भएका क्षेत्रहरुमा एन्टिजिन मार्फत परीक्षण गरिनेछ । जसअनुसार सक्रिय संक्रमितहरुको नजिकमा रहेकाहरुको मात्रै परीक्षण गरिनेछ । यो विधि अन्तर्गत पीसीआर परीक्षणका लागि नमुना लिएजस्तै गरी नाक वा घाँटीबाट स्वाब संकलन गरिने छ र किटमा राखेर आधा घण्टामै रिपोर्ट प्राप्त गर्न सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस