७५ हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

७५ हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा


१७ मंसिर २०७७, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसंग ७५ हजार घुस लिदै गरेको अवस्थामा करार सेवामा कार्यरत इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेललाई सेवाग्राहीसँग घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनका लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

उनले सेवाग्राहीसँग लिएको ७५ हजार रुपैयाँ होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएका थिए। सोही अवस्थामा पौडैल र भट्ट दुवैजनालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ अख्तियारका प्रवक्ता अधिकारीले बताए।

इन्जिनियर पौडेलले बेलकोट गढी नगरपालिकाको अदुवाबारी खानेपानी योजनाको अन्तिम बजेट निकाशा गरिदिए बापत पनि घुस मागेको उजुरी परेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस