भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु


१६ मंसिर २०७७, मंगलबार


भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ ।

सानोठिमीबाट काठमाडौंँतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस