‘गणतन्त्रको रक्षा गर्न नाति पुस्ता जन्मिसकेको छ है !’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘गणतन्त्रको रक्षा गर्न नाति पुस्ता जन्मिसकेको छ है !’


१६ मंसिर २०७७, मंगलबार


काठमाडौँ । सोमबार राजधानी काठमाडौँमा राजतन्त्रको पुनर्स्थापना र नेपाल हिन्दु राज्य बनाउनु पर्ने मागसहित प्रदर्शन भयो । नेपालका विभिन्न सहरहरूमा यस्ता प्रदर्शन गर्दै आइरहेका राष्ट्रिय शक्ति नेपाल लगायतका समूहले काठमाडौँमा पनि प्रदर्शन गरे ।

यसैबीच पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र पुनर्स्थापनाको पक्षमा भएको प्रदर्शनको खण्डन गर्दै ट्विटरमार्फत चेतावनी दिएका छन् । डा. भट्टराईले उक्त कुराको टिप्पणी गर्दै गणतन्त्रको रक्षा गर्न नाति पुस्ता जन्मिसकेको बताएका छन् । उनले नेपाली जनताले लडेर बलिदानी दिएर ल्याएको गणतन्त्र रक्षार्थ नयाँ पुस्ता आइसकेको स्पष्ट पारेका छन् ।

उनले सोमबार साँझ ट्विट गर्दै यस्ता प्रदर्शनलाई ०१७ सालका योगी नरहरिनाथहरुको भद्दा नक्कलको संज्ञा दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘यौटै शैलीमा देशका प्रमुख सहर र काठमाडौँमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले ०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ।’

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका डा. भट्टराईले २१ औँ शताब्दीमा सार्वभौम बनेका जनता फेरी दासतामा नफर्किने बताएका छन् । उनले भनेका छन्, ‘तर यो २१ औँ शताब्दी हो, सार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन्। हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाति पुस्ता जन्मिसकेको छ है !’

Tags :
प्रतिक्रिया दिनुहोस