महासंघको कोषाध्यक्ष चुन्न मतदान सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महासंघको कोषाध्यक्ष चुन्न मतदान सुरु


१५ मंसिर २०७७, सोमबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चयनका लागि मतदान सुरु भएको छ ।

निर्वाचित भएका केन्द्रिय सदस्यहरुबाट एक जनालाई कोषाध्यक्षमा मनोनयन गर्नुपर्ने व्यवस्था भए पनि सर्वसम्मत हुन नसकेपछि मतदान सुरु भएको हो ।

कोषध्यक्षका लागि अध्यक्ष शेखर गोल्छा समूहबाट सकुन्तला हिराचन र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहबाट डिबी बस्नेत उम्मेदवार छन् । उनीहरुमध्ये एक जनालाई कोषध्यक्ष चयन गर्न महासंघको कार्यालय टेकुमा मतदान भइरहेको केन्द्रीय सदस्य अम्बिका पौडेलले जानकारी दिइन्।

कोषाध्यक्षका लागि केन्द्रिय कार्यकारिणी समितिका सबैले मतदान गर्नेछन् । साँझ नयाँ कोषाध्यक्ष घोषणा हुनेछ । निर्वाचनका लागि महासंघको निमित्त कार्यकारी निर्देशक मिना श्रेष्ठ संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।

यस अघि माहासंघको उपाध्यक्षसहित विभिन्न पदका लागि भएको निर्वाचनबाट चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । चुनावअघि दुई समूहमा विभाजित भएका महासंघका नेताहरु चुनाव पछि भने सबै एक हुने बताएका थिए ।

१३ गतेपछि प्यानल नै कायम नहुने बताएका उद्योगी(व्यवसायीहरु महासंघको पहिलो बैठकमा नै दुई समूहमा विभाजित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस