उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका लागि आज मतदान हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका लागि आज मतदान हुँदै


१५ मंसिर २०७७, सोमबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्नको लागि आज मतदान हुने भएको छ । आइतबार महासंघको नयाँ नेतृत्वले कोषाध्यक्ष मनोनयनका लागि प्रस्ताव गरे पनि एकलौटी निर्णय मान्य नहुने आवाज उठेपछि आज निर्वाचनबाटै कोषाध्यक्ष छनोट गरिने भएको हो ।

आइतबार महासंघमा शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यसमितिले शपथग्रहण गरेका थिए । उक्त नयाँ नेतृत्वले कोषाध्यक्ष मनोनयन गर्न प्रस्ताव गरेको थियो । चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरूले सहमतिबाट कोषाध्यक्ष चयन गर्नुपर्ने माग राखेका थिए । तर गोल्छा पक्षकी शकुन्तला हिराचनलाई कोषाध्यक्षमा मनोनयन गर्न लागिएको भन्दै एकलौटी निर्णय मान्य नहुने भन्दै आवाज उठेको थियो ।

त्यसपछि निर्वाचनबाटै कोषाध्यक्ष चयन गर्न सहमति जुटेको थियो । उक्त सहमतिपछि महासंघको निमित्त कार्यकारी निर्देशक मिना श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

चुनाव आज दिउँसो निर्वाचनको कार्यालयमा गर्ने तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस