कैलास एयरको हेलिकोप्टरमा चिल ठोक्किएपछि नुवाकोटमा आपतकालीन अवतरण, सबै यात्रु सकुशल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कैलास एयरको हेलिकोप्टरमा चिल ठोक्किएपछि नुवाकोटमा आपतकालीन अवतरण, सबै यात्रु सकुशल


१४ मंसिर २०७७, आइतबार


पोखरा । बागलुङको गलकोटबाट काठमाडौँका लागि उडेको हेलिकोप्टरमा चिल ठोक्किएको छ ।

काठमाडौँका लागि उडेको कैलास हेलिकोप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकोप्टरमा एक्कासि चिल ठोक्किएको थियो ।

चिल ठोक्किएर सिसा फुटेको हेलिकोप्टरलाई नुवाकोटमा सुरक्षित अवतरण गरिएको छ । आकाशमा उडिरहेको हेलिकोप्टरमा एक्कासि चिल आएर ठोक्किएपछि अगाडिको सिसा पूर्ण रुपमा फुटेको थियो । हेलिकप्टरमा गलकोट नगरपालिका-३ का वडा अध्यक्ष विरजङ्ग भण्डारी, सोही ठाउँका सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल सवार हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाउँपालिका-६ मा आकस्मिक अवतरण गरिएको थियो ।

वडा अध्यक्ष भण्डारीले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि पाइलटले सुरक्षित अवतरण गराएकाले आफूहरु सुरक्षित रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस