सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला ९० हजार ७ सयमा कारोबार « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला ९० हजार ७ सयमा कारोबार


१४ मंसिर २०७७, आइतबार


सुन

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ६सय रुपैयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो । यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस