आजदेखि उद्योग वाणिज्य महासंघको जिम्मेवारी शेखर गोल्छाले सम्हाल्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आजदेखि उद्योग वाणिज्य महासंघको जिम्मेवारी शेखर गोल्छाले सम्हाल्दै


१४ मंसिर २०७७, आइतबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको जिम्मेवारी आजदेखि शेखर गोल्छाले सम्हाल्ने भएका छन् । तीन वर्ष अघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले आइतबारदेखि स्वतः अध्यक्षको जिम्मेवारी पाउन लागेका हुन् । गोल्छाले आज अध्यक्षको पदभार ग्रहण गर्न गर्ने छन् ।

गोल्छा तीन वर्ष अघि वरिष्ठ उपाध्यक्षका लागि चुनाव लडेका थिए । उनले आफ्ना निकटतम प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गर्दै निर्वाचित भएका थिए । निर्वाचनमा उनले ५० प्रतिशत मतभार रहेको जिल्ला नगरबाट ६१ प्रतिशत, ३० प्रतिशत मतभार रहेको एसोसिएटबाट ६० प्रतिशत र २० प्रतिशत मतभार रहेको वस्तुगतबाट ४७ प्रतिशत मत पाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस