सशस्त्र प्रहरीका ८ डीआईजी र १ एसएसपीको काज सरुवा (सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरीका ८ डीआईजी र १ एसएसपीको काज सरुवा (सूचीसहित)


१२ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ । डीआईजीसँगै एकजना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रिस्तरीय निर्णय गर्दै ८ डीआईजी र १ जना एसएसपीको सरुवा गरेको हो ।

डीआईजी राजु अर्यालको उपत्यका हेर्ने पशुपति बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ । अर्याल सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता थिए । त्यस्तै पशुपति बाहिनीको बाहिनीपतिमा रहेका डीआईजी प्रविणकुमार श्रेष्ठको बैद्यनाथ बाहिनी मुुख्यालय कैलाली सरुवा गरिएको छ । बैद्यनाथ बाहिनी मुख्यालयका निमित्त बाहिनीपति रहेका एसएसपी अभिकुमार खत्रीको महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत काज सरुवा भएको छ ।

त्यस्तै सशस्त्र मुख्यालयमा रहेका डीआईजी चन्द्रप्रकाश गौतमको सशस्त्र प्रहरी बल, नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा काज सरुवा भएको छ । त्यहाँ रहेका डीआईजी कृष्णभक्त बम्हचार्यको गौतमको ठाउँमा सरुवा भएको छ ।

यही मंसीर २८ गते तीस बर्षे सेवा अवधी पुरा हुने भएका कारणले डीआईजीहरु हरि शंकर बुडाथोकी, कृष्ण भक्त ब्रम्हाचार्य, राजेन्द्र बस्नेत र हरिश्चन्द्र अधिकारी यही मंसीर २८ गते अनिवार्य अवकास हुने भएकाले उनीहरुको सरुवा हुने भएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस