संसद् अधिवेशन छिट्टै आह्वान हुन्छ : कानुनमन्त्री तुम्बाहाङ्फे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसद् अधिवेशन छिट्टै आह्वान हुन्छ : कानुनमन्त्री तुम्बाहाङ्फे


प्रशासन संवाददाता

१२ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नियमित अधिवेशनमा प्रवेश गर्ने बेला भइसकेकाले छिट्टै संसद्को नियमित अधिवेशन आह्वान हुने बताउँदै त्यसका लागि पूर्वतयारी गर्न आग्रह गरिन् ।

संविधानले व्यवस्था गरेको लैङ्गिक समानताको प्रावधान व्यावहारिक कार्यान्वयन भएका बारेमा छलफल हुनुपर्ने बताउँदै उनले कानून निर्माणमा सभामुख र उपभासभामुखको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरिन् ।

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संविधानअनुसार हालसम्म कति कानून निर्माण भए भन्नेबारेमा समीक्षा गर्नुपर्ने बताउँदै भ्रष्टाचार निवारणका लागि संसद् र प्रदेशसभाले पनि आआफ्ना स्थानबाट पहल गर्न जरुरी रहेको धारणा व्यक्त गरे । सचिवालयका महासचिव डा. भरतराज गौतमले सङ्घीय संसद् र प्रदेशसभाबीच हुने अनुभव आदानप्रदानले संसद् सञ्चालन र व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा सङ्घीय संसद्का सभामुख, अध्यक्ष र उपाध्यक्षका साथै प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेल, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङ, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारु, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही र उपसभामुख पुष्पा घर्ती, सूदुरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा र उपसभामुख निर्मला जोशी तथा सङ्घीय संसद् सचिवालयका उच्च अधिकारी सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस