३ लाख २५ हजार नगदसहित मोरङबाट ७ जुवाडे पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३ लाख २५ हजार नगदसहित मोरङबाट ७ जुवाडे पक्राउ


१२ मंसिर २०७७, शुक्रबार


मोरङ । मोरङको उर्लाबारी नगरपालिका -९ बाट जुवा तास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवा तास खेलिरहेको जानकारीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी टोलीले ३ लाख २५ हजार १५५ नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उर्लाबारीका बाबुराम कार्की, डम्बरबहादुर लिम्बु, विमल डाँगी, दिवान मगर, गोविन्द पुरी र विष्णु राउत तथा केपिलासगढी गाउँपालिका खोटाङका कुबिरमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेकाहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस