जिउँदो सालकसहित सशस्त्र प्रहरी जवान पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जिउँदो सालकसहित सशस्त्र प्रहरी जवान पक्राउ


१० मंसिर २०७७, बुधबार


पक्राउ

काठमाडौँ । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट जिउँदो सालकसहित २ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२६ कपुरधारा बस्ने धादिङ शितली गाउँपालिका-३ झार्लाङदी घर भएका २७ वर्षीय ध्रुवबहादुर मगर र काठमाडौँ महानगरपालिका-२६ लैनचौर बस्ने धादिङका ३१ वर्षीय भिमबहादुर मगर रहेका छन्।

उनीहरूबाट विभिन्न बैङ्कको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजस्व तिरेको बिल, ४ थान मोबाइल, भिमबहादुर थापाको सवारी चालक अनुमति पत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ। थापा सशस्त्रको जवान रहेको पाइएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उक्त सालक लिएर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइने जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस