सुरु भयो कक्षा १२ को परीक्षा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुरु भयो कक्षा १२ को परीक्षा


९ मंसिर २०७७, मंगलबार


काठमाडौँ । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । कोरोना भाइरसका कारण रोकिएको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुको भौतिक उपस्थितिमै लिन लागेको हो ।

देशभरका ४ लाख ३२ हजार ५ सय परीक्षार्थी परीक्षामा सहभागी छन् ।

गत वैशाखमा हुन नसकेको परीक्षा आज बिहान ८ बजेबाट सुरु भएको छ । परीक्षा साढे एक घण्टाको हुने छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखी परीक्षा सञ्चालन गरिएको छ ।

परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने छन् । परीक्षा मंसिर १६ गते सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस