नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो


८ मंसिर २०७७, सोमबार


काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणमूक्त भएर घर गएका छन। नेपालमा योसँगै निको हुनेको २ लाख २ हजार ६७ पुगेको छ ।

आइतबार मात्रै ५ हजार ६९९ जनाले कोरोना भाइसलाई जितेर घर गएका थिए।

त्यसका साथै २४ घण्टामा थप १९८० जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको

आज कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस