निजामती कर्मचारीहरुको निर्वाचन प्रयोजनको लागि तत्काल बजेट निकासा गरिदिन माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निजामती कर्मचारीहरुको निर्वाचन प्रयोजनको लागि तत्काल बजेट निकासा गरिदिन माग


८ मंसिर २०७७, सोमबार


काठमाडौँ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको आगामी मंसीर २७ गते हुने तय गरिएको निर्वाच सम्पन्न गर्नका लागि माग गरिएको बजेट निकासा तत्काल गरिदिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग माग गरेको छ ।

आज कार्यालयले तेस्रो पटक एक पत्र लेख्दै यसअघि ट्रेड युनियनको निर्वाचन प्रयोजनकोे लागि मन्त्रालयसँग बजेट माग गरिएको भएपनि मागको बारेमा कुनै सुनुवाई नभएको व्यहोरा अवगत गराएको छ ।

ट्रेड युनियनको निर्वाचन सम्पन्न गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७७/०४/०५ को निर्णयको प्रकरण ४ ख मा सो निर्वाचनको लागि आवश्यक व्यवस्था अर्थ मन्त्रालयले गर्ने उल्लेख गरिएको व्यहोरा पनि पत्रमा उल्लेख छ ।

निर्वाचनको मिति नजिकिदै गर्दा बजेट निकासा समयमा नहुँदा आवश्यक तयारीका काम अगाडी बढाउन नसकिएको प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस