प्रचण्ड-चिनियाँ राजदूत भेट, याङ्छी पुगिन् खुमलटार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रचण्ड-चिनियाँ राजदूत भेट, याङ्छी पुगिन् खुमलटार


८ मंसिर २०७७, सोमबार


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी हुन् ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिब आधा घण्टा भेटवार्ता भएको छ । भेटवार्तामा के के विषयमा छलफल भयो भन्ने नखुले पनि उनीहरूबिच नेकपा विवाद र आसन्न चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणका बारेमा छलफल भएको बुझिएको छ । चिनियाँ रक्षा मन्त्री वइफेङ्हे यही मङ्सिर १४ मा नेपाल भ्रमणमा आउँदै छन् ।

चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणलाई लिएर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस