मंसिर १० बाट कर्जा प्रवाहका लागि आवेदन खुल्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मंसिर १० बाट कर्जा प्रवाहका लागि आवेदन खुल्ने


७ मंसिर २०७७, आइतबार


आचारसंहिता

काठमाडौँ । सरकारले मंसिर १० गतेदेखि कर्जा प्रवाहका लागि आवेदन खोाल्ने भएको छ । कोरोना प्रभावित क्षेत्रको पुनर्उद्धार, पुनत्थान र व्यवसायिक निरन्तरताका लागि सरकारले ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने भएको हो ।

शुक्रबार बसेको व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि अनुसार संचालक समितिको बैठकले मंसिर १० बाट कर्जा प्रवाहका लागि आवेदनका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको थियो । बैठकमा अर्थ मन्त्रालयले कर्जा प्रवाहका लागि स्रोत व्यवस्थापन गर्ने निर्णय भएको छ ।

समितिमा राजस्व सचिव, महलेखा नियन्त्रक, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक, नेपाल बैंकर्ष संघका अध्यक्ष र अर्थ मन्त्रालयका सहसचिव सदस्य रहेका छन् । अध्यक्षमा अर्थ मन्त्रालयका सचिव रहने प्रावधान छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार नेपाल राष्ट्र बैंकले खाता संचालन तथा कर्जा प्रवाहका लागि वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्ने तथा मंसिर १० देखि कर्जा प्रवाहका लागि आवेदनका लागि सूचना प्रकाशन गर्ने निर्णय भएको छ ।

यसअघि कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ पास गरेको थियो ।

यससँगै सरकारले बजेटमार्फत घोषणा गरेको ५० अर्बको कोरोना पुनरुत्थान कोष कार्यान्वयनको बाटो खुलेको हो । सरकारले अति प्रभावित क्षेत्रलाई अधिकतम १० करोडसम्म सहुलियतपूर्ण कर्जा दिने गरी कार्यविधि बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस