दमौलीमा काठे पोल विस्थापित गरिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दमौलीमा काठे पोल विस्थापित गरिँदै


६ मंसिर २०७७, शनिबार


दमौली । दमौलीको भिमाद नगरपालिका-९ मा काठे पोल विस्थापन गर्न शुरुआत गरिएको छ । काठे पोलले जोखिम बढाएपछि वडाका विभिन्न ठाउँमा काठे पोल विस्थापन गरी फलामे पोल राख्न शुरु गरिएको हो ।

उक्त वडाको पाथर्दी, जौपानी, सखेप, कटनछापलगायत ठाउँमा काठे पोल हटाएर फलामको पोल राख्न शुरु गरिएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए । ‘वडाभित्र करीब डेढ- दुई सय काठको पोल बाँकी छन्, सबै विस्थापित गर्छौं,’ थापाले भने, ‘त्यसका लागि स्थानीयवासीसँग सहकार्य गरेका छौँ ।’

यसका लागि स्थानीयवासीले ढुवानी र गाड्ने काममा श्रमदान गरेका छन् भने पोल नगरपालिकाले उपलब्ध गराएको छ । गण्डकी प्रदेश सरकारको काठे पोल विस्थापन कार्यक्रममार्फत नगरपालिकाका विभिन्न वडामा फलामको पोल उपलब्ध गराइएको छ ।

‘काठे पोलले जोखिम बढाइरहेको थियो, हरियो रूख र बारीका कान्लाहरूमा लामो समयदेखि तारहरू असुरक्षित थियो, सबैलाई व्यवस्थापन गर्ने काम भइरहेको छ’, वडाध्यक्ष थापाले भने । पाथर्दीका युवा शिवकुमार आलेले स्थानीयवासीले पोल ढुवानीका लागि श्रमदान गरिरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस