कोभिड-१९ विरुद्ध बनेको एन्टिबडी मानिसको शरीरमा कम्तीमा ६ महिना बस्ने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोभिड-१९ विरुद्ध बनेको एन्टिबडी मानिसको शरीरमा कम्तीमा ६ महिना बस्ने


एजेन्सी

६ मंसिर २०७७, शनिबार


काठमाडौँ । कोरोना भाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा छ महिना बस्ने र तिनले दोस्रो पटक सङ्क्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ।

अक्स्फर्ड युनिभर्सिटीद्वारा सञ्चालित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको नियमित कोभिड–१९ परीक्षण र पहिला सङ्क्रमण भएको थियो कि थिएन भनेर हेर्न एन्टिबडी परीक्षण गरिएको थियो।

शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुन्छ । अर्को छुट्टै अध्ययनमा अरू कोरोना भाइरसका कारण विकसित प्रतिरक्षा क्षमताले पनि कोभिड–१९ हुन नदिएको देखियो।

सङ्क्रमण विज्ञ डा. केटी जेफ्रीले कोभिड खोप बन्न लागेको अवस्थामा अक्स्फर्ड युनिभर्सिटीको निष्कर्षलाई उत्साहवर्धक समाचार भनेको बिबिसीले जनाएको छ ।

उनका अनुसार एक चोटि भाइरसको सङ्क्रमण भएपछि फेरि कोभिड हुन नदिन छोटो अवधिकै लागि भए पनि सुरक्षा प्राप्त हुने अनुसन्धाताहरूले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस