हुम्लामा एकै विद्यालयका ५१ विद्यार्थीमा कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हुम्लामा एकै विद्यालयका ५१ विद्यार्थीमा कोरोना संक्रमण


६ मंसिर २०७७, शनिबार


हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकामा कोरोना भाइरस संक्रमण देखिएपछि कन्ट्र्याक ट्रेसिङमा परेका अधिकांशमा भाइरस देखिएको छ ।

जस मध्य कर्णाली प्रदेशको हुम्लास्थित नाम्खा गाउँपालिकाको याल्वाङ गुम्वा र महाबौद्ध माध्यामिक विद्यालयका ५१ जना विद्यार्थीमा पनि कोराना सक्रमण देखिएको छ ।

हुम्लाको स्थानीयतहले गाउँपालिकाको अवस्थालाई ध्यान दिएर विद्यालय संचालन गर्ने भनिए अनुसार हुम्लामा १९ विद्यालय सञ्चालन गरिएको थियो ।

संचालनमा आएका अधिकांश विध्यालयका विध्यार्थीमा कोरोना देखिएका कारण अर्को व्यवस्था नहुँदासम्मकालागि शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

विद्यार्थीमै कोरोना संक्रमण देखिएपछि अन्यत्र फैलिने जोखिम भएकाले विद्यालय बन्द गर्ने निर्णय भएको हुम्लाको स्थानीय तहले जनाएका छन् ।

स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मी पठाइ परीक्षणको दायर बढाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ ।

शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन सम्वन्धी कार्य ढाँचा २०७७ जारि गर्दै अवस्थाको मूल्यांकन गरेर स्थानीय तहले विद्यालय सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । धेरै स्थानमा स्थानीय तह यसको तयारीमा जुटेका पनि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस