शनिबार देशभर थप १६७४ जनामा कोरोना पुष्टि, २३२३ जना संक्रमणमुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शनिबार देशभर थप १६७४ जनामा कोरोना पुष्टि, २३२३ जना संक्रमणमुक्त


६ मंसिर २०७७, शनिबार


काठमाडौँ। शनिबार देशभर थप १६७४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८१४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको सख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ ।

आज २३२३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ९३ हजार ३ सय २५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस